संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी

अध्यक्ष
स.प्र.अ.म.नि.(अ.प्रा.)
श्री रवि राज थापा
प्रोफाईल
संस्थापक अध्यक्ष योगदान

स्वर्णिम इतिहास बोकेको संगठन नेपाल प्रहरीबाट सेवा परिवर्तन गरी नवगठित सशस्त्र प्रहरी बलमा स्थानान्तरण भई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बहाल रहँदा संगठनको संगठनात्मक सुदृढीकरणमा दृढ अठोटका साथ अविचलित रुपमा अग्रसर हुनु भएकाले नै नितान्त नविन सोचका साथ स्थापित अर्धसैनिक प्रकृतिको संगठनले नेपालमा मात्र होइन कि विश्व परिवेशमा समेत अमीट छाप छोड्न सफल भएको थियो । सोही क्रममा तत्कालिन संगठन प्रमुख संगठनलाई साधन स्रोत सम्पन्न तुल्याउने अठोटका साथ कर्तव्यरत रहदैँ गर्दा नवगठित संगठनको उन्नति प्रगति देख्न नचाहने कुत्सीत मनसायले अभ्रि्रेरित व्यक्ति समूहको कायरतापूर्णँ आक्रमणमा अमरत्व प्राप्त गर्नु भएकाले उँहाले शुरु पार्नु भएका भौतिक संरचना निर्माणलाई तदारुक्ता दिदै नवगठित संगठनलाई अग्र पंक्तिमा उभ्याउन सफल तत्कालीन संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (अ.प्रा.) स्व. सहवीर थापाले अवकाश पश्चात् पनि छरियर रहेका पूर्व कर्मचारीहरुलाई एकतावद्ध गरी पूर्व कर्मचारीहरु तथा तीनका परिवारहरुको हकहितमा संगठित रुपमा अघि बढ्न नेपाल पूर्व सशस्त्र प्रहरी संघको गठन गर्नु भएको थियो ।