समय अनुकुल र आर्थिक अवस्थाले भ्याएमा गरिने भावी योजनाहरु
१ | नेपाल पुर्व सशस्त्र प्रहरी संघको वाषिर्क उत्सव (हरेक वर्षआश्विन २७ गते) को अवसरमा एउटा कार्यक्रमको आयोजना गरी सेना, प्रहरी, अनुसन्धान र निजामतिका पुर्व संघ/संगठनका कार्यकारिणी समितिहरुलाई बोलाई परिचय, अर्न्तक्रिया, शुभकामना आदान-प्रदान तथा चियापानको व्यवस्थापन गर्ने र सोही कार्यक्रममा संघका आजीवन सदस्यहरुलाई सम्मान सहित आजीवन सदस्यताको प्रमाण-पत्र प्रदान गर्ने । तर आश्विन २७ गते महत्वपुर्ण चार्डपर्वको समय र सशस्त्र प्रहरी बलको पनि बाषिर्क उत्सवको समय पर्ने भएकाले केही समय अगाडि बार्षीक साधारण सभाको आयोजना गरी सोही समयमा संघको बाषिर्क उत्सव पनि सँगसँगै मनाउँदा सदस्यहरुको समय श्रम र सम्पत्तिमा पनि बचत भई एकैपटक कार्यक्रम सम्पन्न हुने भएकाले यस तर्फविचार पुर्याई कार्ययोजना बनाउने । |
२ | सशस्त्र प्रहरी बल दिवसमा प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रधान कार्यालयसँग समन्वय गरी अध्यक्षज्यूबाट पनि संघको तर्फाट एउटा पुरस्कार दिने व्यवस्था मिलाउने । |
३ |
कृष्णमोहन स्मृति राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा नेपाल पुर्व सशस्त्र प्रहरी संघका पदाधिकारी एवं सदस्य खेडालीको रुपमा सहभागी भएमा उत्कृष्ट एकजनालाई नेपाल APF CLUB संग समन्वय गरी संघको तर्फ बाट अध्यक्षज्यूले नगद पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउने । |
४ | संघका पदाधिकारी एवं सदस्यहरुका परिवारहरुको भेटघाट, पुर्नमिलन, पिकनिक एवं सांस्कृतिक कार्यक्रमहरुको आयोजनाले पनि अवकाश प्राप्त जीवनमा एक किसिमको उर्जा प्राप्त हुने भएकाले दशैँ तिहारको अवसरमा उपयुक्त दिन पारेर यस्तो कार्यक्रमको आयोजना गर्ने परिपाटी बसाल्ने । |
५ | तिजको अवसरमा वा अन्य कुनै उपयुक्त समयमा संघका पदाधिकारीहरु एवं सदस्यहरुका परिवार (श्रीमती) हरुद्वारा संयुक्तरुपमा धार्मिक पूजाको आयोजना गर्दा पुर्व स.प्र.क.हरुको परिवारहरुमा पनि पुर्नमिलन एवं एक किसिमको उत्साह पैदाहुने भएकाले वर्षा एकपटक यस्तो कार्यक्रमको पनि आयोजना गर्ने परिपाटी वसाल्ने । |
६ |
सशस्त्र प्रहरी बलका स्कूल तथा अस्पतालहरुको बार्षीकउत्सवहरुमा उक्त इकाइहरुसँग समन्वय गरी आर्थिक अवस्थाले भ्याएसम्म अस्पताललाई हृवील चियर, औषधि, रक्तदान र स्कूललाई उत्कृष्ट, जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति तथा कम्प्यूटर र शैक्षिक सामाग्री प्रदान गर्ने व्यवस्था मिलाउने । |
७ | अध्ययन भईसकेका विषयगत योजनाहरु कार्यन्वयनमा लैजाने । |
८ | फ्यूल स्टेशन र ग्याँस स्टेशन जस्ता उद्योगहरु सञ्चालन गर्ने । |
९ |
मृत्यु तथा विरगती प्राप्त स.प्र.क.हरुका परिवारहरुलाई पनि संघमा आवद्ध गराउँदै लैजाने। |
१० | संघको विधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्ति तर्फअग्रसर हुने । |
११ | APF अस्पताल हाता भित्र सहुलियत दरमा फार्मेसी सञ्चालन गर्ने तर्फ सम्भाव्य अध्ययन गर्ने । |
१२ | कल्याणकारी सेवा केन्द्रसंग समन्वय गरी विविध आर्थिक गतिविधिहरु सञ्चालन गर्ने तर्फसमन्वय गर्दै जाने । |