संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी

अध्यक्ष
स.प्र.अ.म.नि.(अ.प्रा.)
श्री रवि राज थापा
प्रोफाईल
परिचय

सशस्त्र प्रहरी बलमा अनवरत सेवा गरी उक्त संगठनको ऐन, नियममा भएको व्यवस्था अनुसार जुनसुकै पद (दर्जा) बाट भएपनि अवकाश प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीहरुका बीचमा एकता, भातृत्व, सहयोग र सदभावना जागृत गर्राई सदा स्वतन्त्र न्यायको पक्षमा रहने, आफ्नो वर्गीय हक हितको संरक्षण गर्ने, संघका समस्त सदस्य र तिनका आश्रीत परिवारहरुको बौद्धिक, नैतिक, सामाजिक र आर्थिक स्तरको अभिवृद्धि हुने खालका विभिन्न गतिविधिहरु संचालन गर्ने, त्यस्तै सामाजिक सेवा र राष्ट्रको शान्ति र सुरक्षा व्यवस्थापन सुदृढिकरणमा सक्दो योगदान पुर्याउन सशस्त्र प्रहरी बल र नेपाल पूर्व सशस्त्र प्रहरी संघको विस्तार र विकासमा द्विपक्षीय आपसी सहयोग आदान प्रदानका लागि समेत निरन्तर सहकार्य गर्दै खारिएको अनुभवी जनशक्तिलाई राष्ट्रहितमा संगठित गर्न प्रजातान्त्रीक मुल्य मान्यता अनुरुप संचालन गर्ने गरी एउटा अनुसाशीत, सशक्त गतिशील एवं प्रभावकारी संस्थाको नितान्त आवश्यक महसुस गरी नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम मिति २०६४ साल आश्विन २७ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई नेपाल पूर्व सशस्त्र प्रहरी संघको नामले स्थापना गरिएको हो । नेपाल पूर्व सशस्त्र प्रहरी संघ विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भई सामाजिक तथा बर्गीय हितलाई दृष्टिगत गरी कार्य क्षेत्रमा अग्रसर संस्था हो । सशस्त्र प्रहरी बल संगठनबाट नियमानुसार तथा विभिन्न परिस्थितिवश् अवकाश प्राप्त पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठित तथा एकतावद्ध गरी राष्ट्रको सुरक्षा तथा सेवामा परिचालन गर्ने महान उद्देश्यका साथ संस्थागतरुपमा अनुशासित तवरबाट बर्गिय हितलाई प्रमुखता दिंदै अनुशासित प्रहरी सेवाकालमा प्राप्त गरेका ज्ञान,सीप दक्षता तथा अनुभवलाई राष्ट्रोत्थानमा समर्पित गर्ने मूल ध्येयका साथ कर्तव्यपथमा दत्तचित्त रहदै आएको छ ।

संघलाई व्यवस्थित र मर्यादितरुपमा संघको निर्धारित उद्देश्य अनुरुप परिचालित गर्ने अभ्रि्रायले बर्गिय हक हित तथा मातृसंस्थाको गरिमामा समेत प्रतिकूल असर नपर्ने गरी पूर्व सशस्त्र प्रहरी संघद्धारा आचार संहिता पारित गरी लागु गर्ने निर्णयगरिसकेको छ । संघले आफ्नो वाषिर्क कार्यक्रमको क्यालेण्डरसमेत तयार गरी पूर्व सशस्त्र प्रहरी संघ र मातृसंस्था सशस्त्र प्रहरी बल बीच आपसी भाइचारा अभिबृद्धि गर्दै जाने उद्देश्यका साथ संगठनबाट आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा संघको प्रतितिधित्व गराउने प्रकृतिका कार्यक्रमहरु उक्त क्यालेण्डरमा प्रमुखताका साथ समाविष्ट गरिएको छ ।

नवगठित यस संघको आफ्नै पर्याप्त आयश्रोत नभएको हुंदा आशातित रुपमा बर्गिय हित तथा सामाजिक कार्यहरुमा उल्लेख्य सहभागिता हुनसकिरहेको छैन,यो कटुयथार्थलाई हृदयंगम् गरी सशस्त्र प्रहरी बलबाट संघलाई आर्थिक सहयोगको शुरुवातको नविन कदमको थालनी भएको छ जसको खुलेरै प्रशंसा गर्नै पर्छ । सम्पूर्ण वहालवाला सशस्त्र प्रहरी र पूर्व सशस्त्र प्रहरीहरुको हक हित र सुविधा उपलब्ध गराउने दायित्व संगठनको हो र यस दायित्वबाट पन्छिएको भान पर्न दिएको छैन वर्तमान नेतृत्वतहबाट । संघलाई प्लस प्वाइन्ट हो संगठनको यो व्यवहार पनि ।

संगठन र पूर्व सशस्त्र प्रहरी संघ बीचको सामिप्यतालाई अझ बढी गाढा बनाउन दुवै पक्षबाट पहलकदमी हुन जरुरी छ । संघमा आबद्ध पूर्वजहरुको योगदानलाई संगठनले बिर्सनु मिल्दैन भने संघका तर्फाट सम्भव भएसम्मको सहयोग खासगरी जनमानसमा संगठनको छविलाई उजागर गर्ने गराउने सवालमा अग्रपंतिमा उभिन जरुरी छ । जसका लागि प्लेटर्फम उपलव्ध गराउने दायित्व संगठनकै हो यसमा दुइमतै छैन । जसका लागि संगठनका नविन सूचनाहरु प्रयाप्त मात्रामा उपलव्ध गर्राई सूसुचित गराउन जरुरी छ भने जीवनका अनेकौं उतारचडाभ भोगेका पूर्व कर्मचारीहरुद्धारा संगठनको हित विरुद्ध अवश्य जादैनन् भन्ने दृढविश्वास लिन कन्जुस्याई गर्नुहुदैन ।